ad ad

कारोबार


धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन अर्थ समितिको स्वीकृति

धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन अर्थ समितिको स्वीकृति

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक।


नेपालखबर
असार ५, २०८० मंगलबार १४:२९, काठमाडौँ

मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) का लागि स्वीकृति दिन सरकारलाई अर्थसमितिले निर्देशन दिएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स)दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो।

समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ।

समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बताए। 

धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन समेत उनले आग्रह गरे। मापदण्ड पूरा भए/नभएको हेरेर शतर्कतापूर्वक लाइसेन्स दिन निर्देशन र्दिए।

‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने,’ उनले भने, ‘त्यस्तै धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई शतर्क हुन पनि अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’

समितिले यसअघि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .