ad ad

कारोबार


माछापुच्छ्रे बैंक तथा प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक तथा प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धी सम्झौता

नेपालखबर
असार ४, २०८० सोमबार १८:१८, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धी सम्झौता भएको छ।

बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एवम् डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ।

राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवम् निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए।

उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठूला ठूला वित्तीय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनीहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष एवम् गैरआवासीय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरू समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए। उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए।

कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डि.के ढुङ्गानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याबसनबीचको सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भूमिका खेल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .