ad ad

कारोबार


प्रणालीमा निरन्तर तरलता थपिँदै, निक्षेप अनुपात ८३ मा झर्‍यो

प्रणालीमा निरन्तर तरलता थपिँदै, निक्षेप अनुपात ८३ मा झर्‍यो

नेपालखबर
असार ४, २०८० सोमबार १६:२८, काठमाडौँ

बैंकिङ प्राणालीमा कर्जा लगानीयोग्य रकम (तरलता) थपिँदै गइरहेको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह सुस्तता आउँदा प्रणालीमा तरलता बढ्दै गएको हो।

प्रणालीमा तरलता थपिन थालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३ प्रतिशतमा आइपुगेको छ।

बैंक तथा वित्तीय संस्थाको सीडी घट्दा लगानीयोग्य रकम बढ्दै जाने हुन्छ। २०८० असार २ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८३.९३ प्रतिशतमा आइपुगेको छ।

सीडी रेसियोलाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी क्षमता समेत बढ्दै गएको देखिन्छ। गत वर्ष बैंकहरुको कर्जा औसत सीडी रेसियो ९० माथि पुगेको थियो।

जसकारण बैंकहरु चालु आवको सुरुदेखि नै कर्जा विस्तारमा सुस्त देखिए। बैंकहरु कर्जा प्रवाहमा सुस्त भएसँगै निरन्तर तरलता थपिँदै गइरहेको छ।

२०८० असार २ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ५५ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। सोही दिनसम्म वित्तीय संस्थाबाट ४८ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .