ad ad

कारोबार


ईसेवाबाट कारोबार गर्दा आईफोन १४ जित्न सकिने

ईसेवाबाट कारोबार गर्दा आईफोन १४ जित्न सकिने

नेपालखबर
असार ३, २०८० आइतबार २२:७, काठमाडौँ

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ।

नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत Cashback जित्न सकिने  अफर सार्बजनिक गरेको हो।

यस योजनामा सहभागी हुन Send Money बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ।

साथै यस योजनामा प्रोमोकोड 'FIRST10' प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को Cashback समेत पाउन सकिनेछ।

ईसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ। प्रोमोकोड मार्फत प्राप्त हुने Cashback रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ।

भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार  ग्राहकले सेवा लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .