कारोबार


ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन थपिए

ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन थपिए

नेपालखबर
पुस २९, २०७६ मंगलबार १६:३,

ज्योति विकास बैंकको बाह्रौँ बार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभामा आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम रहेको थियो।

उक्त निर्वाचन सम्बन्धी प्रस्तावमा जम्मा एक जना शेयरधनी, मन महर्जनको मात्र उम्मेदवारी परेकोले नीज महर्जन निर्विरोध निर्वाचित भएका छन्।

आ.व. २०७५÷७६ को नाफा नोक्सान बाँडफाँड हिसाब मार्फत् १२.७५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव लगायत अन्य सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित भएको ज्योति विकास बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत पारस राज कँडेलले जानकारी दिए।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी प्रदान गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृतले शेयरधनीहरुको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्य मान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad