राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट प्रदान गर्ने भएको छ।
बैंकले देशभर व्यवसायिक क्षेत्रमा असहज परिस्थिति सिर्जना भएको भन्दै असार १ देखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम छुट दिने निर्णय गरेको हो।
ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधि (ओभरड्यु, सामान्य, प्यानल) को ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले बताएको छ।
ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता/जम्मा हुनेछ ।
42
Shares

प्रतिक्रिया