सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार काठमाडौ महानगरपालिका वडा नं ६ लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
उक्त साधारणसभाले आ. व.२०७५÷०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असारको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ।
सभाले चालू आ.व. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सयको ८.९ प्रतिशत (करसहित)ले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २ सय ९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले स्वीकृत गरेको छ।
उपर्युक्तबमोजिमको बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ।
Shares

प्रतिक्रिया