ad ad

कारोबार


लुम्बिनी प्रदेशमा मधुमेह, रक्तचाप र मिर्गौलाको नि:शुल्क परीक्षण हुने

प्युठानमा नयाँ अस्पताल बनाइने
लुम्बिनी प्रदेशमा मधुमेह, रक्तचाप र मिर्गौलाको नि:शुल्क परीक्षण हुने

नेपालखबर
असार १, २०८० शुक्रबार १६:१, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले नागरिकको स्वास्थ्य परीक्षण गर्न बजेट विनियोजन गरेको छ।

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ४० वर्ष माथिका नागरिकको  नि:शुल्क मधुमेह, रक्तचाप र मिर्गौलाको परीक्षण गरिने बताए।

सरकारले लुम्बिनी प्रदेश अस्पतालका लागि २१ करोड, पाल्पाको रामपुर र रोल्पा जिल्ला अस्पतालका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

अर्घाखाँची अस्पतालको लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए।

यसैगरी प्युठानमा नयाँ अस्पताल बनाउन बजेट विनियोजन गरिएको उनले बताए।

एम्बुलेन्समा जीपीएस प्रणाली जडान जडान गर्ने र प्रदेश राजधानीमा भालुबाङ अस्पतालमा सुविधा बढाउन १ करोड ५० लाख रुपैयाँ विनियोजन सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .