ad ad

ग्लोबल


अमेरिकाबाट ३० वटा यस्तो ड्रोन किन्दै भारत, सीमामा चीनविरुद्ध शक्ति बढाउने

अमेरिकाबाट ३० वटा यस्तो ड्रोन किन्दै भारत, सीमामा चीनविरुद्ध शक्ति बढाउने

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २२:१५, काठमाडौँ

भारतको रक्षा मन्त्रालयले बिहीबार अमेरिकाबाट ३० वटा MQ-9B प्रिडेटर ड्रोन खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेषगरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमता बलियो बनाउनेछ।

रक्षा मन्त्रालयको यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिनअगाडि आएको हो। 

तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ।

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकले यसको खरिद प्रस्तावलाई अनुमोदन गरेको हो। भारतीय सेनाका तीनवटै तहले यो ड्रोन प्रयोग गर्न सक्छन् र यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने क्षमता छ।

समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८/८ ड्रोन दिन सकिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .