कारोबार


माइती नेपाललाई वाणिज्य बैंकले दियो न्यानो कपडा

माइती नेपाललाई वाणिज्य बैंकले दियो न्यानो कपडा

नेपालखबर
पुस २८, २०७६ सोमबार १०:२६,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा माइती नेपाललाई विभिन्न वस्तुहरु सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले काठमाडौं, गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्यक्रमबीच वितरण गरेको हो।

कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिँदै यस्ता सहयोगी कार्यहरुको सधैँ स्मरण गरिने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad