ad ad

कारोबार


अब रोजगारदाताबाट रोजगारी आयको अग्रिम कर कट्टा हुने

अब रोजगारदाताबाट रोजगारी आयको अग्रिम कर कट्टा हुने

नेपालखबर
जेठ १९, २०८० शुक्रबार २२:२०, काठमाडौँ

रोजगारदाताबाट अग्रिम कर कट्टी हुने व्यवस्था सुरु भएको छ। आन्तरिक राजश्व विभागका अनुसार रोजगार दाताबाट रोजगारीको आय भुक्तानीमा कर कट्टी सम्बन्धमा नयाँ व्यवस्था गरिएको हो। 

जस अनुसार प्रत्येक रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको अग्रिमकर सम्बन्धित कर कार्यालयमा भुक्तानी गर्नुपर्ने हुन्छ। 

रकम भुक्तानी गर्दा आयकर अनुसार व्यक्तिगत आयकर ऐन बमोजिम कर कट्टी गर्नुपर्ने छ। रोजगारदाताको दायीत्व नघट्ने शर्तसमेत राखिएको छ। कर्मचारीलाई अन्य भुक्तानी दिएको भएपनि कूल आयकर नघट्ने भएको हो। 

यसअघि रोजगारीको आयमा छुट तथा सुविधा घटाई हुन आउने करयोग्य आयमा कर दायीत्वमा रोजगारदाताले भुक्तान गरेको कर बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। औषधि उपचार बापतको कर मिलान गरी सकेपछिको खुद कर रकमलाई दामासाहीले मासिक रूपमा निजको पारिश्रमिकबाट कट्टा गरी बुझाउनुपर्ने व्यवस्था थियो। 

सम्बन्धित राजस्व कार्यालयमा प्रत्येक महिना समाप्त भएको २५ गतेभित्र बुझाउनु पर्ने थियो। अब अग्रिम कर तिर्नुपर्ने व्यवस्था भएको हो। 
आय कर समेत यसअघि भन्दा यो वर्षको साउनदेखि लागु हुनेगरी केही संशोधन भएको छ। अविवाहितको हकमा वार्षिक ५ लाख आम्दानी हुने र दम्पतिको हकमा ६ लाखसम्म आम्दानी हुनेले १ प्रतिशत मात्रै तिर्नुपर्ने व्यवस्था छ।

अविवाहितलाई ५ देखि ७ लाख र विवाहितको हकमा ६ देखि ८ लाख आम्दानी हुनेले १० प्रतिशत, अविवाहितले ७ देखि १० र विवाहितले ८ देखि ११ लाख हुनेले २० प्रतिशत कर तिर्नुपर्ने छ।

त्यस्तै अविवाहितले १० देखि बीस लाख र विवाहितले ११ देखि २० लाख सम्म आम्दानी गरेको खण्डमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ। 

यी व्यवस्थाहरू गत वर्षको यथावत राखिएको हो। 

तर बीस लाख भन्दा माथिको कममा भने यो वर्ष आयकर वृद्धि भएको छ। 

कुनै पनि व्यक्तिको वर्षिक आम्दानी २० लाखभन्दा माथि ५० लाख सम्म रहेको खण्डमा २० लाख सम्मको ३० प्रतिशत र सो भन्दा माथिको आयमा थप ३० प्रतिशत कर लाग्ने आन्तरिक राजश्व विभागले जनाएको छ। 

कुनै पनि व्यक्तिको वार्षिक आम्दानी २१ लाख रुपैयाँ रहेको खण्डमा सुरूको करयोग्य आय ३० प्रतिशत र बाँकी १ लाखमा ५० प्रतिशत आयकर बुझाउनुपर्ने  छ। यो आयमा यसअघि अधिकतम ३६ प्रतिशत कर थियो। 

त्यस्तै, वार्षिक आम्दानी ५० लाख भन्दा माथि हुनेले भने अधिकतम ६० प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। 

२० लाख सम्म ३० प्रतिशत र सो भन्दा बढीको रकममा थप ३० प्रतिशत कर लाग्ने भएको हो। यो करमा यसअघि ३९ प्रतिशत मात्रै कायम थियो। यो व्यक्तिगत आयमा लाग्ने कर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .