ad ad

कारोबार


अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

वार्ताका क्रममा मोदी र प्रचण्ड।


नेपालखबर
जेठ १८, २०८० बिहिबार १३:३५, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बताएका छन्।

भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘नेपालबाट भारतमा बिजुली निर्यातको विकल्प बनाउन हामीलाई पूर्वाधार चाहियो। हाम्रो पार्टरनशिपलाई सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिइएको छ’, उनले भने, ‘भारत र नेपालबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको छ। हामीले आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने छौँ।’

त्यसकै लागि दुई देशबीच फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि हस्ताक्षर भएको छ। 

भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलश्रोत भारतका लागि अतिमहत्वपूर्ण भएको बताउँदै यसमा मिलेर काम गर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .