ad ad

कारोबार


जनार्दन खेदाइको पाठ, अर्थमन्त्री भन्छन्– बजेटमा स्वार्थ भेटिए मन्त्रालय छाड्छु

जनार्दन खेदाइको पाठ, अर्थमन्त्री भन्छन्– बजेटमा स्वार्थ भेटिए मन्त्रालय छाड्छु

नेपालखबर
जेठ १६, २०८० मंगलबार १६:४१, काठमाडौँ

गत वर्ष बजेट ल्याउने क्रममा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा खेदाइमा परे। निश्चित समूहको स्वार्थ अनुसारको बजेट उनले ल्याएको आरोप उनीमाथि लगाइएको थियो। 

स्वार्थ समूह नै बजेट निर्माणसम्मको कार्यमा सहभागी गराएको आरोप लगाएको थियो। 

अहिले नयाँ आर्थिक वर्षको बजेट निर्माण सम्पन्न भएको छ। नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामाी आर्थिक वर्षको बजेट निर्माण गरेर सार्वजनिक समेत गरिसकको छन्।

उनले नयाँ बजेटको बारेमा बोल्दै व्यवसाय र अर्थतन्त्रको विस्तारबाहेक बजेटले कुनै स्वार्थ नराखेको बताए। 

उनले भने, ‘कस्ता विषयहरू समावेश भएको र स्वार्थ समूहको विषयहरू समावेश नभए/नभएको साक्षी अर्थ मन्त्रालय छ। मैले व्यक्तिगत रुपमा स्वार्थपूर्वक बजेट चलाएको कसैले देखाउँछ भने म अहिलेको पद छोडेर हिड्न सक्छु।’

उनको भनाई खर्च कटौती र विकास पहिचान गराउने खालको कार्यक्रम समावेश भएको विलासिताका वस्तुहरूमा कर बढाएको तर आधारभूत कुराहरुलाई समेटिको छ।

त्यस्तै, उनले निर्वाचितहरूको बजेट वितरण अर्थात् आयोजना छान्न दिने अधिकारको पनि विरोध गर्न नहुने बताए।

‘कुनै पनि कार्यकारीहरुले आफूले मात्र काम गर्छु भन्ने खालको कुरा गर्नु भएन अरु पनि देशमा कायम गर्न सक्ने र विकासको योजना बनाउन सक्नेहरु छन्,’ उनले भने।

उनले सांसद विकास कोष मोडालमा ५ करोड रुपैयाँ प्रत्यक्ष निर्वाचित सांसदहरूलाई दिने योजना ल्याएका छन्। त्यसमा उनले कुनै घाटा नहुने तर्क राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .