ad ad

कारोबार


सांसद विकास कोषको बचाउ गर्दै अर्थमन्त्रीले भने- बजेटको दूरुपयोग हुँदैन

पुँजीगत खर्च बढाउन ल्याएको तर्क
सांसद विकास कोषको बचाउ गर्दै अर्थमन्त्रीले भने- बजेटको दूरुपयोग हुँदैन

मन्त्रालयमा मंगलबार पोष्ट बजेटको छलफलका क्रममा अर्थमन्त्री डा. महत।


नेपालखबर
जेठ १६, २०८० मंगलबार १६:१५, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च वृद्धिको लागि सांदस विकास कोष ब्यूँत्याएको स्पष्टिकरण दिएका छन्। उनले यो विकास पूर्वाधार कार्यक्रम रहेको र यसले पुँजिगत विकासमा योगदान दिने उनको भनाई छ। 

सिंहदरबास्थित मन्त्रालयमा मंगलबार पोष्ट बजेटको छलफलका क्रममा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन्। 

‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसदहरूलाई कुनै आयोजना सिफारिस नै गर्न नपाउने भन्नु भएन,’ अर्थमन्त्री डा. महतले भने, ‘त्यहाँका आवश्यकता त्यहीका जनप्रतिनिधिलाई थाहा हुने हुनाले सिफारिस गर्न पाउने मात्र व्यवस्था गरिएको हो।’

उनका अनुसार ५ करोड रुपैयाँ संघीय सरकारले देख्न नसकको तर संसदले देखेका योजना कार्यक्रममा खर्च हुने हो।

यो व्यवस्था अरू देशमा समेत रहेको उनको तर्क छ। 

यस कार्यक्रमको कुनै हालतमा बजेट दुरुपयोग नुहने बताए। एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ले समेत उनले स्पष्ट पारे। 

‘देशभर १६५ निर्वाचन क्षेत्रहरु छन्। सरकारले बजेट छुट्याउँदा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ। अरु खर्च पनि निश्चित क्षेत्रमा नै खर्च गर्नुपर्छ,’ अर्थमन्त्री डा. महतले भने, ‘कतिपय ठाउँहरु छुटिराखेका हुन्छन्। १६५ निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो। यो संसदीय विकास कोषमा संसदहरुको भुमिका सिफारिस मात्रै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .