ad ad

कारोबार


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

नेपालखबर
जेठ ८, २०८० सोमबार १६:४६, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङ सहित बीमा लगाएतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।

बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजना अन्तर्गत ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा, रु १५ हजारसम्मको औषधि उपचार सुविधा र रु ३५ हजार सम्मको अस्पताल उपचार सुविधा प्रदान गर्नेछ।

यो समझदारी अनुरुप नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिवृद्धी, आधुनिक बैंकिङ सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखिकरण गर्दै जानेछ जसले गर्दा सम्पूर्ण यातायात क्षेत्रमा नै वित्तीय साक्षरता तथा आधुनिक बैंकिङको उपयोगिता थप सहजता हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .