कारोबार


सेयर लगानीकर्ताद्वारा नयाँ स्टक एक्सचेन्ज माग

सेयर लगानीकर्ताद्वारा नयाँ स्टक एक्सचेन्ज माग

नेपालखबर
जेठ ३, २०८० बुधबार १९:१९, काठमाडौँ

पुँजी बजारका लगानीकर्ताले नयाँ स्टक एक्स्चेन्ज माग गरेका छन्।

सेयर लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर अनुमतिपत्र (लाइसेन्स) नरोक्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका हुन्।

सेयर लगानीकर्ताले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रकिया बिनाढिलासुस्ति कार्यान्वयन गर्न आग्रह गरे।

सो क्रममा प्रधानमन्त्री दाहाललाई पुँजीबजारको हालको स्थिती बारे ६ बुँदे माग प्रस्तुत गरियो।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा १२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिन लगानीकर्ताले अनुरोध गरेका छन्।

यस्तै, सेयर कर्जामा लगाइएको १ सय ५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम, लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहिअनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था लगानीकर्ताले माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad