ad ad

कारोबार


नेपालबाट निर्यात हुने बिजुलीको मूल्य सुनिश्चित गर्न भारतलाई प्रस्ताव

नेपालबाट निर्यात हुने बिजुलीको मूल्य सुनिश्चित गर्न भारतलाई प्रस्ताव

नेपालखबर
बैशाख २७, २०८० बुधबार २१:२९, काठमाडौँ

नेपाली बिजुलीको मूल्य सुनिश्चित हुने गरि थप सम्झौता गर्न नेपालले भारतलाई प्रस्ताव गरेको छ। हरेक दिन ‘विडिङ’ गरेर बिजुली बिक्री गरिरहेको नेपालले अब मूल्य पहिले नै निश्चित रहने गरि थप प्रस्ताव गरेको हो।

भारतीय बजारमा अहिले डे अहेड मार्केटमा बिजुलीको मूल्य तय हुन्छ। सोही रुपमा नेपालले किनेको बिजुली र नेपालले बेचेको बिजुलीको दैनिक मूल्य फरक फरक रहने गरेको छ।

नेपालले अब भने त्यसलाई भारत-नेपाल अन्तरसरकारी सम्झौता गरेर अघि बढ्न नेपालले भारतलाई प्रस्ताव गरेको हो।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले भारतको उर्जा मन्त्रालयालाई मस्झौताको मस्यौदा नै तयार गरेर पठाएको हो।

के छ मस्यौदामा?
मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले चालू आर्थिक वर्षमा मात्रै ११ अर्ब रुपैयाँको मात्रै विद्युत निर्यात गरेको छ। आगामी आर्थिक वर्षमा सो भन्दा बढी विद्युत निर्यात गर्न सकिने देखिएको छ।  

यही समयमा नेपाली विद्युतको मूल्य सुनिश्चित हुने गरि तत्काल सम्झौता गर्न भनिएको छ। मस्यौदामा नेपाल भारत विद्युत खरिद र बिक्री समेतको मूल्य एकिन गर्नुपर्ने उल्लेख छ।

त्यसो गर्दा नेपाली निजीतर्फका लगानीकर्ताहरुलाई प्रोत्साहन हुने र नेपालले खरिद गर्दा समेत एकै मूल्यमा खरिद गर्न सकिने साथै सुख्खा समयमा नेपालले खरिद गर्दा राहत पुग्ने नेपालको अपेक्षा छ।

त्यसको लागि प्रासारण लाइन महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ। अहिले ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण कार्य भइरहेको छ। जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी यी प्रसारणलाइन निर्माणको काम भैरहेको र निर्माण सम्पन्न भएमा र नेपालले प्रस्ताव गरेर अनुसार सम्झौता भएमा नेपालको ब्यापार घाटा कम गर्नमा नेपालको विद्युतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयको बुझाई छ।

गत वर्षको तुलनामा दोब्बर विद्युत बिक्री गर्ने लक्ष्य नेपालले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .