ad ad

कारोबार


नेपोभिटका नयाँ फ्लोर तथा वाल टाइल्स छिट्टै बजारमा

नेपोभिटका नयाँ फ्लोर तथा वाल टाइल्स छिट्टै बजारमा

नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:४२, काठमाडौँ

नेपोभिट टाईल्सको पहिलो वार्षिक उत्सव समारोह सम्पन्न भएको छ।

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता रमणप्रसाद श्रेष्ठ, अभिनेता राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थिति थियो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ फ्लोर तथा वाल टाईल्सहरु बजार भित्राउने जानकारी गराए।  

त्यसैगरी, अध्यक्ष शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेको विविध  समस्याबारे जानकारी गराए।

उनले कच्चा पदार्थ उत्खनन् र ढुवानी सम्बन्धी स्पष्ट ऐन कानुन नहुनाले लागत रकम भन्दा बढी तिरेर अथवा छिमेकी मुलुकबाट चर्को शुल्क तिरेर कच्चा पदार्थ ल्याई उद्योग सञ्चालन गर्नु परेको बताए।

त्यसैगरी, बारम्बार अघोषित लोडसेडिङको मार खेप्नु परि रहेकोले डिजेल खरिद गरी उद्योग सञ्चालन गर्न बाध्य हुँदा समग्र उत्पादन तथा उत्पादन प्रक्रियामा नै मूल्य बढेको गुनासो पनि गरे।

सरकारले लागत कर तोकिदिँदा पनि भन्सारबाट सामान छुटाउनलाई विभिन्न बाधा अड्चन आइपर्ने र पटक पटक तोकिएको भन्दा ३० प्रतिशतसम्म बढी शुल्क अशुल भएको बताए।

कार्यक्रममा उद्योगमा विगत एक वर्षदेखि सामना गर्नु परेका चुनौतीहरु उल्लेख गर्दै उद्योग स्थापना गर्न जग्गा नपाइने र पाए पनि जग्गा पास गर्न सरकारी संयन्त्रबाट केही साथ सहयोग नपाइएको गुनासो गरे।  

ढुवानीको हकमा प्रमुख सडक सञजालबाट उद्योगसम्म बाटो लैजान खोज्दा स्थानीयले तोकिएको भन्दा धेरै मुआब्जा माग गर्दा पनि सरकारको ध्यानाकर्षण नभएको उनले बताए। त्यसका साथै बाह्य लेबर यूनियनले पटक पटक सुविधाहरु माग गरी उद्योग बन्द गर्दा उद्योग संचालनमा कठिनाई भएको कुरा पनि जानकारी गराए।  

बाराको जितपुरमा अवस्थित रहेको नेपोभिट टाईल्स नेपालको पहिलो र एकमात्र टाईल्स कम्पनी हो। २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यवसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाईल्स उत्पादन गर्दै आएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .