सेयरबजारमा विदेशमा रहेका गैरआवासिय नेपालीलाई भित्र्याउनेबारे अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ।
बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन भएको हो।
समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिव बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन्।
विदेशमा रहेका गैर आवासिय नेपालीलाई सेयरबजारमा भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्ने बोर्डको एक अधिकारीले बताए।
36
Shares

प्रतिक्रिया