साताको दोसो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३३ अंकले घटेको छ।
आज नेप्से १६.३३ अंकले घटेर १८३३.६९ विन्दुमा झरेको हो। आइतबार अर्थात हिजो नेप्से १९.१२ अंकले घटेको थियो। गत साताभरी ४ कारोबार दिन निरन्तर घटेको बजार अन्तिम दिन सुधार भएको भएको थियो।
घटेको बजारमा ६९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। घटेको बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन नेप्सेमा ६० करोडको कारोबार भएको थियो।
निरन्तर ओरालो लागेको बजारमा लगानीकर्ता मौद्रिक नीति तेस्रो समीक्षा पर्खिरहेको देखिन्छ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) सहज हुँदै जाँदा बैंकहरुबाट सेयर धितो कर्जा बढ्दै गएपनि त्यसको प्रभाव बजारमा देखिएको छैन।
नेपाल राष्ट्र बैंकले यो साता नै मौद्रिक नीतिको तेस्रो समीक्षा गर्ने हुँदा लगानीकर्ता त्यसको प्रतिक्षा गरिरहेको देखिन्छ।
समीक्षामा सेयर कर्जामा लगाएको जोखिम भार घटाउने संकेत देखिएको नदेखिँदा लगानीकर्ता पर्ख र हेरको स्थितीमा देखिएका हुन्।
Shares
प्रतिक्रिया