ad ad

कारोबार


श्री एयरलाइन्सको एउटा जहाज ग्राउन्डेड

श्री एयरलाइन्सको एउटा जहाज ग्राउन्डेड

फाइल फोटो


नेपालखबर
बैशाख २५, २०८० सोमबार १३:५३, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको एक जहाज ग्राउन्डेड गराएको छ।

भैरहवाबाट काठमाडौं उडेको जहाज आकस्मिक अवतरण पछि नोज लेन्डिङ गेयर (अगाडिको टायर)मा समस्या भएपछि ग्राउन्डेड गराएको हो।

भैरहवाबाट काठमाडौं उडेको केही मिनेटमै नोज लेन्डिङ गेयरमा समस्या भएपछि ६ मिनेटमै भैरहवामा अवतरण गरेको थियो।

अवतरण गरेपछि रनवेबाट ट्याक्सी वे (पार्किङ) स्थलमा नगुडेपछि यात्रुलाई झारेर जहाजलाई पार्किङमा लगिएको थियो।

‘७६ जना यात्रु श्री एयरलाइन्सको अर्को जहाजबाट काठमाडौं आउँदै छन्,’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्राविधिक अध्ययन नहुँदासम्म जहाज ग्राउन्डेड हुन्छ।’

उक्त जहाजमा २ दिनअघि धनगढी विमानस्थलमा पनि यस्तै समस्या देखिएको प्राधिकरणले जनाएको छ।

सिम्रिकको हेलिकप्टर दुर्घटनापछि सबै उडान प्रतिबन्ध
त्यस्तै, प्राधिकरणले शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटनापछि सबै उडान प्रतिबन्ध लगाएको छ।

सिम्रिक एयरका ३ वटा जहाजको प्राविधिक परीक्षणपछि मात्रै उडान गर्ने प्राधिकरणले निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .