ad ad

अपराध


प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार

प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार

नेपालखबर
बैशाख २५, २०८० सोमबार १४:४, सुर्खेत

कालीकोटमा स्थानीयले प्रहरीलाई ढुंगामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार भएका छन्।

सोमबार बिहान जिल्लाको पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणीका अभियुक्त संक बुढालाई पक्रेर इलाका प्रहरी कार्यालय (पलाँता) तर्फ लैजाने क्रममा स्थानीयले प्रहरी टोलीमाथि ढुंगामुढा गरेका हुन्। 

त्यही माैका छोपेर आरोपित ३१ वर्षीय बुढा हत्कडीसहित भागेका हुन्।

घटनामा इलाका प्रहरी कार्यालय (पलाँता) का सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुंगेल रावल र एक स्थानीय घाइते भएको र आरोपित बुढा फरार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। 

‘पलाँता गाउँपालिका ६ सैन भन्ने ठाउँमा आरोपितलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि सामान्य झडप भएको थियो’, प्रवक्ता श्रेष्ठले भने, ‘झडपबाट हाम्रा ए जना असई साप र एकजना स्थानीय सामान्य घाइते भएका छन्। आरोपित फरार छ।’ 

बलात्कार आरोपित बुढा हत्कडीसहित फरार भएका छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणी गरेका थिए। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .