ad ad

कारोबार


माथिल्लो कर्णाली : जीएमआरलाई २ वर्ष म्याद थप गर्ने सरकारको निर्णय सर्वोच्चबाट सदर

माथिल्लो कर्णाली : जीएमआरलाई २ वर्ष म्याद थप गर्ने सरकारको निर्णय सर्वोच्चबाट सदर

नेपालखबर
बैशाख २४, २०८० आइतबार २०:२९, काठमाडौँ

सर्वोच्च अदालतले माथिल्लो कर्णाली आयोजना निर्माणको अनुमती पाएको जीएमआरलाई २ वर्ष समय थप गर्ने सरकारको निर्णय सदर गरेको छ। सर्वोचचको संवैधानिक इजलासले सरकारी निर्णय सदर गर्दै रिट नै खारेज गरेका हुन्। 

आइतबार कामु प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले जिएएमआरलाई २ वर्ष समय थप गर्ने सरकारी निर्णयविरुद्ध परेका ६ वटा रिट खारेज गर्ने फैसला गरेको हो।

जीएमआर विरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भएको थियो।

सरकारले माथिल्लो कर्णाली आयोजना निर्माणका लागि जीएमआरलाई समय थप गरेकोविरुद्ध पूर्व सासंद शरदसिहं भण्डारी, अधिवक्ता रतन भण्डारी लगायतलेले ६ वटा रिट दयार गरेका थिए। 

सर्वोच्चले पुस १८ गते माथिल्लो कर्णाली जलविद्युत् आयोजना सम्बन्धी विवादको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनालाई वित्तीय व्यवस्थापनका लागि भारतीय कम्पनी गान्धी जीएमआरलाई दुई वर्ष समय थप गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .