ad ad

कारोबार


अर्थमन्त्री भन्छन्– बजेट निर्माण हुँदाहुँदै सचिव सरुवा गर्नु ‘टेक्निकल’ कारण हो

अर्थमन्त्री भन्छन्– बजेट निर्माण हुँदाहुँदै सचिव सरुवा गर्नु ‘टेक्निकल’ कारण हो

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १५:१६, काठमाडौँ

अर्थ मन्त्रालय अहिले बजेट निर्माणको क्रममा छ। चैतको सुरुदेखि नै आगामी आर्थिक वर्षको बजेट निर्माण थालेको अर्थ मन्त्रालयले यही क्रममा सचिव परिवर्तन गरेको हो। 

बजेट सार्वजनिक हुनु २५ दिनअघि अर्थात् गत बुधबार अर्थसचिव तोयम रायलाई परिवर्तन गरेर अर्जुन पोखरलेललाई ल्याइएको हो। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका पोखरेललाई अर्थ सचिवको रुपमा सरुवा गरेर रायलाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ। 

आगामाी आर्थिक वर्षको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा त्यसलाई अर्थमन्त्री महतलाई बढाउन पार्टी नेतृत्व तथा सरकार नेतृत्वतर्फबाट दबाब रहेको र त्यसमा रायले नमानेको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन्। 

यस विषयलाई लिएर बजेटको मुखमा रायको सरुवा भएको ती अधिकारीको दाबी छ। 

बिहीबार दिउसो रायको विदाई र पोखरेलको स्वगत कार्यक्रम थियो। तर उक्त कार्यक्रम फरक फरक समयमा राखिएको थियो।

रायको विदाइ कार्यक्रममा सहभागी एक अधिकारीका अनुसार अर्थमन्त्री महतले अहिलेको सरुवा टेक्निकल भएको बताए। 

महतले सचिव सरुवा हुन नपर्ने समयमा भएको बताउँदै यसलाई टेक्निकल कारण रहेको बुझ्न आग्रह गरेका थिए। 

आफ्नो धेरै काम रहेको भन्दै मायाको चिनो प्रदान गर्नेबित्तिकै कार्यकक्षमा प्रवेश गरेको ती सहभागी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .