कारोबार


अप्रिलमा नेपाल आए ९८ हजार ७७३ विदेशी पर्यटक

अप्रिलमा नेपाल आए ९८ हजार ७७३ विदेशी पर्यटक

मनाङमा तिलिचो ताल जाँदै गरेका पर्यटक।


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १४:४४, काठमाडौँ

अप्रिल महिनामा ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्लो २ महिनामा लगातार करिब १ लाख पर्यटक नेपाल भित्रिएका हुन्। 

अघिल्लो वर्षको यहि अवधिमा भने ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए। कोभिडअघिको सामान्य अवस्थामा अप्रिलमा १ लाख ९ हजार पर्यटक भित्रिएको पर्यटन बोर्डले उल्लेख गरेको छ। 

नेपाल भित्रनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। अप्रिलमा भारतीय ३१ हजार ४३७, अमेरिकी ८ हजार ४१३, बेलायती ५ हजार ४०९, चीन ४ हजार ७७० र पाँचौ नम्बरमा अष्ट्रेलियाबाट ३ हजार ८२६ पर्यटक नेपाल भित्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .