कारोबार


एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

नेपालखबर
पुस २३, २०७६ बुधबार १६:१५,

एन आई सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ।

सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिनेछ।

यस सेवाको माध्यमबाट ग्राहकले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad