ad ad

कारोबार


टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:१, काठमाडौँ

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे २०२३) को अवसरमा ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराएको छ।

सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको जनाएको छ। यो अफर आज वैशाख १७ देखि प्रारम्भ भएको छ र १९ गतेसम्म लागू हुनेछ। 

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ। 

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ। 

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैैशाख १९ गते मनाइँदै छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .