ad ad

कारोबार


यही २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन, को–को हुँदै छन् सहभागी?

यही २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन, को–को हुँदै छन् सहभागी?

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १४:१८, काठमाडौँ

यही वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन २०८० आयोजना हुने भएको छ। 

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्मेलन हुनलागेको हो। 

सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्नेछन्। सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)का एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्षका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा उद्योगी तथा सांसद विनोद चौधरी, वरिष्ठ अर्थशास्त्री तथा सांसद डा. स्वर्णिम वाग्ले, गभर्नर महाप्रसाद अधिकारी, उद्योग सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माको सहभागिता रहनेछ। 

त्यस्तै म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेनद्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्धनिर्देशक जोसेफ अल्भानसलगायत विभिन्न देशका राजदूतहरु, अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

दरबारमार्गमा रहेको होटल याक एन्ड यती सम्मेलनको समापन भने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .