ad ad

समाज


संसदमा स्वर्णिम वाग्ले : सडक विस्तार गर्दा घाँसीकुवा नमासियोस्

संसदमा स्वर्णिम वाग्ले : सडक विस्तार गर्दा घाँसीकुवा नमासियोस्

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १४:१९, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले शपथ लिएकै दिन संसदमा आफ्ना भनाइ राखेका छन्। 

संसदको शून्य समयमा बोल्ने क्रममा उनले तनहुँ हुँदै पोखरा जाने पृथ्वी लोकमार्ग विस्तारका क्रममा देखिएको जटिलताबारे उनले आफ्नो भनाइ राखेका हुन्। 

'अहिले तनहुँ जिल्ला हुँदै पृथ्वी लोकमार्गको विस्तार हुँदैछ', उनले भने, 'तर जनस्वास्थ्यका दृष्टिले यो सडकले जटिलता ल्याएको छ। त्यहाँको सडकको धुलोले जनस्वास्थमा असर पारिरहेको छ।'

उनले पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसीकुवासहितका संरचना जोगाउनुपर्ने पनि उनले बताएका छन्। 

'पृ्थ्वी लोकमार्ग विस्तारका क्रममा घाँसी कुवासहितका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देखिँदैछ', उनले सम्बोधनका क्रमम भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .