ad ad

कारोबार


सानिमा बैंकले दियो १० लाखको दुर्घटना बीमा रकम

सानिमा बैंकले दियो १० लाखको दुर्घटना बीमा रकम

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १३:४४, काठमाडौँ

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। 

बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो। 

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेका थिए। 

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा,  १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा, २५ हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .