ad ad

कारोबार


मिस नेपाल प्रतियोगीले गरे बनेपाको डाबर नेपाल नर्सरी भ्रमण

मिस नेपाल प्रतियोगीले गरे बनेपाको डाबर नेपाल नर्सरी भ्रमण

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १३:५२, काठमाडौँ

डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु हिजो बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका थिए।

यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए। डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे।

डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडीबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गर्दै आएका छन्। 

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरुलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ। डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भइसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य  र ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएको छ। आजका युवाहरु भोलिका कर्णधार हुन्। हामीलाई विश्वास छ कि प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन्।’ 

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडीबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए। डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्दछ र ५० वटा सहकारीमार्पmत जडीबुटी खेती गरी किसानहरु को जिविकोपार्जनलाई वैकल्पिक स्रोतको रुपान्तरण दिएको छ। 

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुसन उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा  डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो। डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो। डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरीस्थित सनराइज अडिटोरियममा हुन गैरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी एचडीमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .