चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेका छन्।
गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड रुपैयाँ व्यवसाय गरेका थिए।
गत वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ।
चैत एक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ व्यवसाय गरेका छन्।
कुन बीमा कम्पनीको व्यवसाय कति?
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सबैभन्दा धेरै व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ।
चैत मसान्तसम्ममा शिखर इन्स्योरेन्सले ४ अर्ब १५ करोडको व्यवसाय गरेको छ। चैत एक महिनामा मात्र कम्पनीले ८१ करोडको व्यवसाय गरेको छ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी १ अर्ब १५ करोड, दि. ओरिएण्टलले १ अर्ब ७ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ७६ करोड, युनाइटेड इन्स्योरेन्सले ९५ करोड, नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाको व्यवसाय गरेको छ।
साथै, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ४२ करोड, प्रुडेन्सियलले १ अर्ब ४ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड, अजोडले १ अर्ब ४४ करोड, हिमालयन एभरेष्टले २ अर्ब २९ करोड, सानिमा जिआईले १ अर्ब ६५ करोड, सिद्धार्थ इन्स्योरेन्स ३ अर्ब ३५ करोड र सगरमाथा लम्बिनीले ३ अर्ब ४८ करोडेको व्यवसाय गरेका छन्।
Shares
प्रतिक्रिया