कारोबार


मौद्रिक नीति २७ गते, २६ गतेभित्रै मर्जरको प्रतिबद्धता पेस गर्न गभर्नरको निर्देशन

मौद्रिक नीति २७ गते, २६ गतेभित्रै मर्जरको प्रतिबद्धता पेस गर्न गभर्नरको निर्देशन

नेपालखबर
असार १२, २०७६ बिहिबार ८:५२,

नेपाल राष्ट्र बैंकले यही असार २७ गते आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आज वाणिज्य बैंकका सीईओ र अध्यक्षहरुसँगको बैठकमा मौद्रिक नीति सार्वजनिक गर्ने मितिबारे जानकारी दिएका हुन्। बैंकको समस्या र त्यसलाई समाधान गर्न मौद्रिक नीतिमा के कस्ता व्यवस्था राख्नुपर्ने भन्ने विषयमा बैंकहरुसँग राष्ट्र बैंकले छलफल गरेको हो।

उक्त छलफलमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बिग मर्जरको विषयमा प्रतिबद्ध रहन बैंकहरुलाई निर्देशन दिएका थिए। उनले उक्त बैंठककमा बोल्दै भने, ‘उनले २७ गते मौद्रिक नीति सार्वजनिक गरिँदै छ। त्यसलाई अन्तिम रुप पनि दिइँदै छ। त्योभन्दा अघि नै मर्जरका लागि आफूले मर्ज गर्न लागेको बैंकसँगको प्रतिबद्धता पेस गर्नुपर्नेछ।’ त्यो काम २६ गतेभित्र हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक साताभित्रै संस्था छानेर आउँदा के कस्तो सुविधा दिन सकिने हो त्यस बारेमा राष्ट्र बैंकलाई निर्णय गर्न सजिलो हुने बताएका थिए। होटल याक एण्ड यतीमा भएको छलफलमा कार्यक्रममा सुपरिवेक्षण विभागले प्रस्तुतीकरण दिएको थियो।

छलफका क्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले दुई संस्था मर्ज हुँदा एउटा बैंकको जगेडा कोषलाई भने गणना गर्न नपर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad