ad ad

कारोबार


नयाँ स्टकमा तीन टिमको चाहना, कुन व्यवसायी कहाँ जोडिए?

नयाँ स्टकमा तीन टिमको चाहना, कुन व्यवसायी कहाँ जोडिए?

दीपक भट्ट, रामेश्वर थापा र दीपक तिमिल्सिना


नेपालखबर
बैशाख १०, २०८० आइतबार १८:५८, काठमाडौँ

नयाँ स्टक सञ्चालनका लागि तीन कम्पनीले लाइसेन्स माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्। 

नयाँ स्टकको लागि हिमालय स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज नामबाट आवेदन परेको छ।

बोर्डमा यस्तो आवेदन दिने आज अन्तिम दिन हो। बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो। 

हिमालय स्टकले गत साता नै बोर्डमा आवेदन दिएको थियो भने नेशनल स्कट र अन्नपूर्णले आज अन्तिम समयमा आवेदन दिएका हुन्। 

कुन व्यवसायी कहाँ जोडिए? 
हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरु शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङसका दीपक भट्ट प्रमुख शेयरधनी छन्।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायत छन्।

विवेक दुगड र राजेन्द्र खेतानले पनि लगानी गरेका छन्। 

नेशनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ। 

त्यसैगरी रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन्। साथै, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ।
त्यस्तै, अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेश कुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहेका छन्।

नयाँ स्टक स्थापनाको लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्छन्। 

स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .