कारोबार


अर्थविद् विश्व पौडेल अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

अर्थविद् विश्व पौडेल अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:५४, काठमाडौँ

अर्थविद् विश्व पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्।  

त्यसैगरी अन्य दुई सल्लाहकार पनि नियुक्त भएका छन्। अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो।

पौडेल र पाण्डे अवैतनिक रुपमा सल्लाहकार नियुक्त भएका हुन् भने भट्टलाई मन्त्रालयमा काजमा तानिएको हो।

राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन्। 

उनी संसदीय निर्वाचनमा चितवन १बाट उम्मेदवार समेत बनेका थिए। तर उनी पराजित भए। उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्। 

चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad