ad ad

कारोबार


‘पर्सावासीको आशीर्वादले मन्त्री भएँ, दुई दशकदेखि बन्द चिनी मिल चलाउने चाहना पूरा गर्छु’

‘पर्सावासीको आशीर्वादले मन्त्री भएँ, दुई दशकदेखि बन्द चिनी मिल चलाउने चाहना पूरा गर्छु’

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १८:२, पर्सा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। 

मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री रिजालले चिनी मिल चलाउन आफू तयार हरेको बताएका हुन्। 

मन्त्री रिजालले चिनि मिल पुनः सञ्चालनमा ल्याउनका लागि विज्ञहरूलाई बोलाएर छलफल गरी मन्त्रालयले काम अगाडि बढाउने स्पष्ट पारे।

कार्यक्रममा उपस्थित पर्साबासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेको भन्दै मन्त्री रिजालले जिल्लावासीकै आदेशमा आफू चल्ने समेत स्पष्ट पारे।  

पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग जोडिएको चिनी कारखाना बन्द भए लगत्तै किसानहरूको दुःखका दिन सुरु भएकाले चिनी कारखाना सञ्चालन हुनुपर्ने पर्साबासीको माग थियो ।  

वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भई २०२१ सालदेखि सञ्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .