ad ad

कारोबार


असारसम्म ६० हजारलाई रोजगारी दिने तयारी, बेरोजगारको सूची तयार हुँदै (भिडियाे)

असारसम्म ६० हजारलाई रोजगारी दिने तयारी, बेरोजगारको सूची तयार हुँदै (भिडियाे)

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:२८,

सरकारले बेरोजगार व्यक्तिहरुको पहिचान तथा प्राथमिकीकरणको लागि उनीहरूकाे सूची बनाउने तयारी गरेको छ। स्थानीय तहमार्फत बेरोजगार सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शन २०७६ तर्जुमा गरी सबै स्थानीय तहमा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको हो।

यो मार्गदर्शनअनुसार स्थानीय तहले बेरोजगारहरुको सूची तयार गर्नेछ। त्यस्ता बेरोगारहरुलाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने काम अघि बढाउने भएको हो। सरकारले असारसम्मा ६० हजार जनालाई रोजगारी दिने भएको छ।

बेरोगार सूचीमा रहेका उनीहरुलाई कम्तीमा ६० दिनको रोगजारी दिइने श्रम मन्त्रालयले जानकारी गराएको छ। यो काम आगामी तीन महिनाअगावै यसको सबै प्रक्रिया सुरु भइसक्ने समेत कार्यक्रममा जानकारी गराइएको हो।

श्रमिक बंैकको स्थापना गर्ने कार्य अघि बढाइएको छ। यो बैंक स्थापनाको लागि श्रमिककै सहभागितामा श्रमिककै वित्तीय आवश्यकता परिपूर्ति गर्न यसको स्थापना गर्न लागिएको श्रम मन्त्रालयले जानकारी गराएको हो। यसको स्थापनाको लागि हाल अध्धयन भइरहेको समेत श्रम मन्त्रालयले जनाकारी गराएको हो।

योगदानमा आधारित सामाजिक सुरक्षामा बढी सहभागी गराउनको लागि भने श्रम मन्त्रालयले रोजगारदाताहरुसँग अन्तक्र्रिया कार्यक्रम भइरहेको र आगामी तीन महिनामा १५ हजार रोजगारदाता र एक लाख योगदान कर्ता सहभागिता गराउने लक्ष्य राखेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .