कारोबार


तेस्रो कारोबार दिन १३८ कम्पनीका लगानीकर्ताले गुमाए, कसले कमाए?

तेस्रो कारोबार दिन १३८ कम्पनीका लगानीकर्ताले गुमाए, कसले कमाए?

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:२०, काठमाडौँ

साताको तेस्रो कारोबार दिन सेयरबजार ३.०७ अंकले घटेको छ। 

मंगलबार नेप्से उक्त अंकले घटेर १९०४.९८ विन्दुमा पुगेको हो। 

बिहान ११ बजे खुलेको बजारमा सूचक १७ मिनेट उकालो लागे पनि १२ः०८ सम्म घटेर १९ सय विन्दुबाट पनि कम भएको थियो। 

त्यसपछि पुनः सम्हालिँदा १२ः५८ सम्म १९१० विन्दुमा पुगेकामा फेरि उतारचढाव जारी रहेको थियो। ३ बजे बन्द हुनुअघि १९०४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

योसँगै आज २९ लाख ७५ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २४ हजार पटक कारोबार भए पनि कारोबार रकम १ अर्ब पनि नपुगेको नेप्सेले जनाएको छ। 

आज ८७ करोड ४ लाख ४८ हजारको सेयर किनबेच भएको छ। 

जसले कमाए, गुमाए 
आज सबैभन्दा बढी कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन्।

कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले ६०.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरे भने मोलुङ हाइड्रोका लगानीकर्ताले पनि ९.९७ प्रतिशत अर्थात् १८.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यसबाहेक सनराइज ब्लुचिप फन्ड, जोशी हाइड्रो, बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताले पनि कमाएका छन्। 

त्यस्तै आजको कारोबारमा खप्तड लघुवित्तका सेयरधनीले ५.०५ प्रतिशत गुमाएका छन्। लघुवित्तका लगानीकर्ताले ४९ रुपैयाँ प्रतिसेयर नोक्सानी खेपेका हुन्। 

यसबाहेक आदर्श लघुवित्त, वाराही हाइड्रो, जाल्पा सामुदायिक लघुवित्त, आशा लघुवित्तका सेयरधनीले पनि गुमाएको नेप्सेले जनाएको छ। 

सर्वाधिक कारोबार भने प्रभु बैंक प्रोमोटर सेयरको ५ करोड २६ लाखको भएको छ। यसबाहेक शिवम् सिमेन्ट ३ करोड ९८ लाख, नेष्डो सम्वृद्ध लघुवित्त ३ करोड ३६ लाख, एनआईसी एसिया २ करोड ६५ लाख र हिमालयन डिस्टिलरीको २ करोड ४२ लाखको सेयर कारोबार भएको छ। 

आज ६२ कम्पनीको सेयर बढेको, १३८ वटाको घटेको र १९ वटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad