ad ad

कारोबार


टेलिकमले ल्यायो स्प्रिङ अफर, डेटा सुविधाको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा

टेलिकमले ल्यायो स्प्रिङ अफर, डेटा सुविधाको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा

नेपालखबर
चैत २९, २०७९ बुधबार १३:२६, काठमाडौँ

नेपाल टेलिकमले ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ। 

आजदेखि सुरु अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ। यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ। 

पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ। 

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइनेछ। 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ। सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रटिङ स्पिडमा बढोत्तरी गरिएको छ। 

प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा स्टार१४४२ह्यास डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ । 

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५स्टार१ह्यास डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .