ad ad

कारोबार


समिटमा सीजीको ३० प्रतिशत सेयर छ, व्यवस्थापन र सञ्चालनमा संलग्न छैन : राहुल चौधरी

समिटमा सीजीको ३० प्रतिशत सेयर छ, व्यवस्थापन र सञ्चालनमा संलग्न छैन : राहुल चौधरी

नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:४७, काठमाडौँ

चौधरी ग्रुपले समिट होटलमा ३० प्रतिशत मात्रै सेयर रहेको जनाएको छ।

सीजी डेभलपर्स प्रालिका अध्यक्ष राहुल चौधरीले परियोजनाको निर्माणक्रममा सीजी डेभलपर्स व्यवस्थापन र सञ्चालनमा संलग्न नरहेको दाबी गरेका हुन्। 

‘समिट होटल प्रा. लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टीकाटिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, चौधरीले भनेका छन्, ‘समिट होटल सञ्चालन समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो।’

उनका अनुसार बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा  रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ,  सञ्चित श्रेष्ठको लगानी छ।   

‘समिट होटल प्रा.लि.ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं सञ्चालनको जिम्मेवारी सञ्चित श्रेष्ठले लिनुभएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेको कम्पनीको दाबी छ। 

सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो। अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको  जानकारी गराएको छ। 

यी परियोजनाहरूको व्यावसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्दछ। समिट होटल प्रा.लि.को परियोजनाका सम्वन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रूपमा सञ्चित श्रेष्ठले गराउने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .