ad ad

कारोबार


बैंकको ब्याजदर घटाइदिन उद्योगमन्त्रीले गरे प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

बैंकको ब्याजदर घटाइदिन उद्योगमन्त्रीले गरे प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

नेपालखबर
चैत २८, २०७९ मंगलबार १३:२, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सहयोगविना नेपालको आर्थिक समृद्धि नहुने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिमा निजी क्षेत्रको सहयोगको अपरिहार्यताबारे बताएका हुन्। 

उनले भने, ‘तपाईंहरुको सहयोगविना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन।’  

उनले मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको, उद्योग ठप्प रहेको बताउँदै आर्थिक अवस्था त्यति राम्रो नभएको बताए।  

‘अहिले बडो चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। आर्थिक अवस्था त्यति राम्रो छैन। आयातनिर्यातमा ठूलो अन्तर छ। व्यवसायीहरु निरुत्साहित हुनुहुन्छ। उद्योगीहरुको उद्योग ठप्प भएको छ’, मन्त्री रिजालले भने। 

सरकारले निजी क्षेत्रलाई हरेक कुरामा सहयोग गर्न तयार रहेको बताए। 

समस्या धेरै रहेको, समन्वय नभएको भन्दै उनले त्यसलाई छिचोल्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए। 

उनले निजी क्षेत्रलाई देशलाई समृद्धितिर लैजाने ठूलो जमात भन्दै सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे। 

उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई आग्रह गर्दै बैंकको ब्याजदर घटाउन विशेष पहल गरिदिन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .