कारोबार


आईएमई लाइफको बीमा पोलिसी आईएमई पे बाटै नवीकरण गर्न सकिने

आईएमई लाइफको बीमा पोलिसी आईएमई पे बाटै नवीकरण गर्न सकिने

नेपालखबर
चैत २६, २०७९ आइतबार १५:२९, काठमाडौँ

आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएका छन्।

सेवाग्राहीहरुले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई  ‘आईएमई लाइफ नवीकरण’ क्लिक गरि मागिएको विवरण प्रदान गरि केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad