उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)का उपाध्यक्ष सुनिल केसीले भेटवार्ता गरेका छन्।
उपाध्यक्ष केसीले बिहीबार मन्त्री रिजालको आवासमा पुगेर भेट गरेका हुन्।
सो क्रममा निक्कीका पदाधिकारीसँग राउन्ड टेबल छलफल भएको केसीले बताए।
त्यस्तै नेपाल–भारत साझेदार सम्मेलनमा सहकार्य गर्ने र नेपालमा भारतीय लगानी भित्र्याउन आपसी सहकार्य गर्नेबारे छलफल भएको थियो।
54
Shares

प्रतिक्रिया