कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा वेस्तेल स्मार्ट टीभी

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा वेस्तेल स्मार्ट टीभी

नेपालखबर
चैत २१, २०७९ मंगलबार १९:५७, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।

यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि वैशाख ९ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ।

यस योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ। छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउने कम्पनीले जनाएको छ।

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको छ। बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। 

मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad