उद्योग वाणिज्य महासंघको चैत २८ र २९ मा हुनलागेको चुनावमा उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको कार्यालय पुगेर श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका हुन्।
श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन्। उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगतमा हेमराज ढकालले पनि उम्मेदवारी दर्ता गरेका छन्।
एसोसिएटमा भने अञ्जन र उमेशलालको साझा उम्मेदवारका रुपमा भरत आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।
आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए।
यस्तै सो समूहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरुले आजै उम्मेदवारी दर्ता गराएका छन्। सो समूहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरुले आइतबार र सोमबार मनोनयन दर्ता गराएका थिए।

उम्मेदवारी दर्तासँगै पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समुहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरु उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए।
‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा अघि बढेका छौं,’ उनले भने, ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ । यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समुहलाई अत्याधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु।’
अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले जानकारी दिए।
अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफु निर्वाचित भएलगत्तै व्यवसायिक हकहितका एजेण्ड बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी दिए ।
देशको अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रको मनोवल उकास्न सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । साथै अहिलेको अवस्थामा उद्योगी व्यवसायिका कर्जालाई राष्ट्र बैंकले पुनर्तालिकीरण र सरकारले ब्याजमा सहुलियत दिनुपर्ने उनको माग थियो।
Shares

प्रतिक्रिया