जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रा.लिले एकै वर्षमा ३ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको कारोबारसँगै नाफा पनि बढेको हो। आर्थिक वर्ष २०७६/०७७ मा ९४ करोड रुपैयाँ मात्रै आम्दानी गरेका कम्पनीले ०७७/०७८ मा १ अर्ब ९५ करोड रुपैयाँका बिक्री गरेको छ।
गत आर्थिक वर्षमा उसको सञ्चालन आम्दानी ३ अर्ब ५७ करोड रुपैयाँ रहेको देखिएको छ।
कम्पनीको कर, ब्याज, अवमूल्यनसहितको नाफा ०७६/०७७ मा ५.१६ प्रतिशत रहेकोमा ०७७/०७८ मा ५.४३ प्रतिशत आम्दानी गरेको थियो। गत आवमा यस्तो नाफा ६.२० प्रतिशत पुगेको छ।
कम्पनीले मुख्यत: ल्यापटप र मोबाइल फोन बिक्री गरेकाे छ। सन् २०१० मा स्थापना भएको कम्पनीले उपभोग्य विद्युतीय सामग्रीको व्यापार गर्दै आएको छ। जेनेरेसन नेक्स्ट एप्पल ब्रान्डको एक मात्रै आधिकारिक बिक्रेता हो।
त्यसबाहेक डेल प्रोडक्टका ३ वटा आधिकारिक बिक्रेतामध्ये कम्पनी एक हो। डेलको लागि सय बढी डिलर छन् भने एप्पल प्रोडक्टका लागि २५ वटा एप्पल ब्रान्डका रिसेलर छन्।
भिमसारा ग्रुपअन्तर्गतको कम्पनीले ट्रेडिङसँगै रियर स्टेट, उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ। कम्पनीको प्रबन्धनिर्देशकमा पवन कुमार भिमसारा रहेका छन्।
प्रतिक्रिया