कारोबार


मुसहर बस्तीमा न्यानो सामान वितरण

मुसहर बस्तीमा न्यानो सामान वितरण

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १५:२४,

विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा बाराको मुसहर बस्तीमा न्यानो सामान वितरण गरिएको छ। 

महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो। सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो। तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad