खल्ती प्राइभेट लिमिटेडले वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ)बाट सम्मान पाएको छ।
संघको फागुन २८ मा आयोजित ४७औं साधारण सभामा नेपालको व्यापारिक इकोसिस्टममा योगदानका लागि खल्तीलाई सम्मान प्रदान गरिएको हो।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्यमार्फत योगदान पुर्याउने संस्था र व्यक्तिलाई सम्मान गरिएको जनाइएको छ। मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको हो।
खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गरेका थिए।
18
Shares

प्रतिक्रिया