उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड’का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताएका छन्।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले बताए।
चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल व्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनुपर्ने आवश्यकता रहेको बताए।
कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताए। नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए।
झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए। उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदूत छन् सोङ सहित शिष्टाचार भेटवार्तामा आएका थिए।
प्रतिक्रिया