कारोबार


विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

नेपालखबर
फागुन २९, २०७९ सोमबार १४:५९, काठमाडौँ

डेभलपमेन्ट बैंकर्स संघले विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेको छ।

संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो। 

संघले मुद्दती निक्षेपसँगै बचत खाताको ब्याज दरसमेत घटाउने निर्णय गरेको हो।

साथै संघले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै वर्गीकरण गर्ने निर्णय गरेको छ। 

एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरि ब्याज दिने निर्णय गरिएको छ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज जतिसुकै समय अवधिको भए पनि एउटै राख्दै आएका थिए।

चैतबाट लागू हुने गरी भने विकास बैंकको ब्याजदरलाई वर्गीकरण गरेका हुन्। अहिले विकास बैंकले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले एक वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत विन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।

एक वर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत विन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन्। बचत खाताको ब्याज पनि घटाइएको छ। 

बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत विन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो न्यूनतम ब्याज हो। बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad